परीक्षा नियन्त्रक जोशीले भने– त्रिविका परीक्षा स्थगित हुँदैनन्

लोकपथ
567
Shares

काठमाडौं । अहिले सञ्चालन भइरहेको परीक्षा स्थगित नहुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा स्थगित नहुने जानकारी दिए । उनका अनुसार हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ ।

‘स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिनेछ ।’, उनले भने, ‘त्यसपछि मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहने छ ।’

परीक्षा दिन बाँकी विद्यार्थी थोरै रहेको र लामो समयसम्म परीक्षा नभएका कारण स्वास्थ्य मापदण्ड अपनाएर ती परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?