प्रहरीको परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने एकजना पक्राउ

लोकपथ
70
Shares

डोटी । नक्कली परीक्षार्थी खडा गरी प्राविधिक प्रहरी जवानको परीक्षा दिन लगाएको आरोपमा शुक्रबार साँझ एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका- ३ बस्ने २० वर्षीय करन बिसी रहेका छन् ।

सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्राविधिक प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गर्दा बिसीले लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?