काठमाडौं । संरक्षित वन्यजन्तुका आखेटोपहारसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान र नियन्त्रणका लागि खटिएको टोलीले काठमाडौँको नागार्जुन बस्ने ४५ वर्षीया माइली पुतुवारलाई पक्राउ गरेको हो ।
संरक्षित वन्यजन्तु अवैधरुपमा ओसारपसार गरी बेचबिखन गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा खोजीका लागि गएको टोलीले यहाँस्थित रातमाटेबाट उनलाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतो जानकारी दिए ।
उनका अनुसार लुकाइराखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोका सिङ दुई थान र सालकको खपटा पनि बरामद गरिएको छ । उनलाई आवश्यक कानुनी कारबाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बुझाइएको ब्यूरोले जनाएको छ । कसुर प्रमाणित भए उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया