काठमाडौं । माथिको तस्बिर हेरेर तपाईलाई क्रिकेट वल्ड कप २०१९ को याद आयो होला ।
क्रिकेट वल्ड कप २०१९ मा आफ्नो टिमले हार व्यहोरेपछि निरास भएका पाकिस्तानी क्रिकेट प्रशंसक समिर अख्तरको मिम सामाजिक सञ्जालमा भाइरल नै भएको थियो ।

सोही समयमा र निकै पछिसम्म पनि उनको त्यो तस्बिर भाइरल नै भएको थियो । सोही तस्बिर हङकङको चर्चित मीम्स संग्रहालयमा अहिले राखिएको छ ।

आफ्नो फोटो हङकङको चर्चित मीम्स संग्रहालयमा रहेको खबर समिर अख्तर आफैले जानकारी दिएका छन् । उनले संग्रहालयमा रहेको आफ्नो तस्बिर ट्वीटरमा सेयर गर्दै खुशियाली मनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया