उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ : थपिए ३ हजार ८ सय बढी संक्रमित

लोकपथ
378
Shares

काठमाडौं । नेपालमा पछिल्ला केहिदिन यता कोेरोना संक्रमितको संख्या बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय २६ जनाको पीसीआर र १ हजार १ सय ७३ जनाको एन्टीजेन पोजेटिभ आएको हो । यो सँगै नेपालमा हालसम्म कुल ६ लाख ८५ हजार ६ सय ७३ जनाको पीसीआर र ५७ हजार १ सय ४४ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि सोमवार नेपालमा ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएसँगै कुल मृतक संख्या ९ हजार ७ सय ५८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कुल संक्रमितमध्ये ९४ दशमलव ४ अर्थात ६ लाख ४७ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?