काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परको छन् ।
काठमाडौंको दक्षिणकाली नगरपालिका-९ बसिन टोलस्थित भित्री बाटोमा भारत घर भएका ४० वर्षीय तेस्वाङ दोर्जे सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी झापा, मेचीनगर नगरपालिका-१२ पिपलडाँगीस्थित धान खेतमा सोही नगरपालिका शरेडाँगी बस्ने ७६ वर्षीय दुर्गा बहादुर मुखिया सोमबार मृत अवस्थामा परेका छन् ।
यता रुकुम (पश्चिम) मा पनि २५ वर्षीया युवती फेला परेकी छिन् । मृत अवस्थामा फेला पर्नेमा त्रिवेणी गाउँपालिका-४ कुरल बस्ने २५ वर्षीया मनकला खड्का घरनजिकै बारीमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
उनीहरु तीनै जनाको सनाखत भइसकेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया