काठमाडौं । राष्ट्रिय एकता अभियानले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत र पकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ ।
अभियानले धनुषाको जनकपुरधाममा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरेको हो । अभियानका केन्द्रीय अध्यक्ष विनय यादव र उपाध्यक्ष सुनिता साहको नेतृत्वमा अभियानले जनकपुरको रामानन्द चोकबाट र्याली निकाली भानु चोकमा पुगेर मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतला दहन हो ।
प्रदर्शनको क्रममा मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद र संघीय हिन्दू गणतन्त्र जिन्दावाद लगायतका चर्को नाराबाजी समेत गरिएको थियो ।
राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए ।
त्यस्तै अभियानकी केन्द्रीय उपाध्यक्ष साहले पछिल्लो समय मुख्यमन्त्री लालबाबु राउतले शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेको जिकिर गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया