शिल्पाले प्रहरीलाई दिइन् यस्तो बयान, के जोगिएलान् राज कुन्द्रा ?

लोकपथ
763
Shares

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई प्रहरीले बोलाएर बयान लिएको छ । बयान दिने क्रममा शिल्पाले श्रीमान राज कुन्द्रा निर्दोष रहेको बताएकी छन्।

अश्लिल फिल्म बनाएर ‘हटसट एप’ बाट प्रदर्शन गरेको आरोपमा पक्राउ परेका कुन्द्रालाई एपको बारेमा थाहै नभएको दाबी शिल्पाले गरेकी छन्।

उनले आफ्नो श्रीमानको कम्पनीले वेभ सिरिज र शर्ट फिल्म बनाउँछ भन्ने बारेमा आफूलाई थाहा नभएको भन्दै कुन्द्राले गत वर्ष नै ‘वियान’ कम्पनी छोडेको समेत बताइन्।

शिल्पाले प्रहरीको अनुसन्धानका क्रममा कुन्द्रा निर्दोष रहेको बताउँदै ‘बिजनेस पार्टनर’ प्रदीप बक्षीले आफ्नो श्रीमानको नाम दुरुपयोग गरेको समेत बताइन्। उनले आफूहरुलाई फसाउने प्रयास भएको समेत बताएकी छिन्।

मुम्बई प्रहरीको प्रपर्टी सेलको टिमले कुन्द्राबारे शिल्पासँग करिब ६ घण्‍टा सवालजवाफ गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?