काठमाडौं – नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो ।चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिर्वतन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुपर्यो ।काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण गर्यो ? सबैको अनुमान प्राविधि समस्या भएर होला ।तर होइन, दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मारेङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको थियो ।जब जहाज पाकिस्तान र भारतबीचको सीमामाथि आइपुग्यो, तब रतेलले अरुलाई दुर्व्यवहार गर्न सुरु गरे ।सम्बद्ध स्रोतले भन्यो, नौ नम्बर सीटमा रहेका उनलाई दिइएको खाना अन्य यात्रुमाथि खन्याएदिने मात्र नभई सँगै आएको साथीलाई हातपात समेत गरे ।त्यतिले नपुगेर जहाजकी एक एयर होस्टेजलाई घचेडेर झन्डै पछारिदिएका थिए ।रतेलले असामान्य व्यवहार देखाएपछि अन्य यात्रुले पनि हजाजबाट हटाउनैपर्ने गुनासो गरे अनि क्याप्टेन श्यामकृष्ण ढेवाजू र कोपाइलट सञ्जय बैद्दले जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराए ।त्यसपछि सुरक्षाकर्मी बोलाएर जहाजभित्रैबाट रतेललाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइदिए । आजको नागरिक दैनिकमा खबर छ ।चालक दलका एक सदस्यले आफ्नो नाम नबताउने सर्तमा भने, रतेलले यतिसम्म बबाल गरे कि, उनलाई काठमाडौंसम्म ल्याउन सक्ने अवस्थै रहेन ।त्यही जहाजमा रहेका केही यात्रुका अनुसार, रतेलले जहाज चढ्नुअघि नै दुबईमा मदिरा पिइसकेका थिए । निगमले भने यो रुटमा यात्रुलाई खानाबाहेक मदिरा दिने गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया