कोहलपुरमा एक वृद्धाको हत्या

RSS
0
Shares

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका-११ एकतानगरका एक वृद्धाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले एकतानगरका ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेकोे जानकारी दिएका छन् ।

उनले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताएका छन् । अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खनालले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?