काठमाडौं ।जिल्ला प्रहरी कार्यालय चितवनले बैंकिङ कसुरमा दुई करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा झापा दमक नगरपालिका-१६ घर भइ काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल रहेका छन् ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई उच्च अदालत पाटनले २०७७ साल चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र दुई करोड ५६ लाख जरिवाना तोकेको थियो ।
चितवनमा बसेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा उनलाई बिहीबार रत्ननगर नगरपालिका–११ जिरौनाबाट पक्राउ गरिएको प्रनाउथापाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया