‘जसुदा स्मृति पुरस्कार’ पत्रकार सुसेलीलाई

RSS
0
Shares

काठमाडौं ।यस वर्षको जसुदा स्मृति पुरस्कार तीस वर्षदेखि पत्रकारितामा सक्रिय सोम सुसेलीलाई प्रदान गरिने भएको छ ।

जसुदा खाकीका स्मृतिमा भानु प्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समितिद्वारा स्थापित सो पुरस्कारमा रु दशहजारसहित सम्मानपत्र रहने छ ।

पत्रकार सुसेलीले २०४७ सालमा झापाको पत्रिका ‘साप्ताहिक विचार’बाट पत्रकारिता शुरुआत गरेका छन् ।

लामो समय सोही पत्रिकामा काम गरेका उनले गोरखापत्र दैनिक, एभिन्यूज टेलिभिजन, इमेज टेलिभिजन र न्युज ट्वान्टी फो टेलिभिजनसमेत इलाम संवाददाताका रुपमा काम गरिसकेका छन् ।

हाल उनि नेपाल वाणी एफएमका स्टेशन म्यानेजर र इलाम एक्सप्रेस दैनिकका प्रधानसम्पादक छन् ।

पुरस्कार भानुजयन्तीका अवसरमा यही असार २९ गते प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष विमल वैद्यले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?