दश बुँदे सहमती स्वागतयोग्य : योगेश भट्टराई

लोकपथ
1.3k
Shares

काठमाडौं । नेकपा(एमाले)का नेता योगेश भट्टराईले एमाले विवाद समाधान गर्न गठित कार्यदलले गरेको १० बुँदे सहमती स्वागतयोग्य भएको बताएका छन् ।

नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् सहमती स्वागतयोग्य भन्दै यसको कार्यान्वयन गर्दै र एकतालाई थप सुदृढ पार्दै अघि बढ्नुपर्ने कार्यभार रहेको बताएका हुन् । ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुदे सहमति स्वागत योग्य छ ।’ नेता भट्टराईले भने, ‘यसको कार्यान्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, बिश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ ।’

उनले कार्यदल सदस्यहरुलाई धन्यवाद पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?