काठमाडौं । नेकपा माओवादी केन्द्रको खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन दर्ता भएपछि त्यसबारे प्रतिक्रया जनाएको छ ।
आज माओवादी केन्द्रले एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्र खारेजीको माग राख्नु हास्यास्पद रहेको जनाएको छ ।
पार्टी (माओवादी केन्द्र) आँफै अवैधानिक रहेको बताउँदै पूर्व माओवादी केन्द्रका नेताहरुले बुधवार आयोग पुगेर निवेदन दिएका थिए । साथै उनीहरुले माओवादी कैन्द्रले आफूहरुलाई गरेको कारवाही समेत वैधानिक हुन नसक्ने दाबी गरेका छन् ।
त्यसबारे माओवादी केन्द्रले धारणा सार्वजनिक गर्दै भनेको छ- “हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ । केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ । संविधान, कानुन, विधि, विधान विपरित दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं ।”
बुधवार आयोगमा निवेदन दिएका नेताहरु आज त्यसबारे थप छलफलका लागि आयोग पुगेका थिए । आज पूर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणीचन्द्र थापा लगायतका नेताहरु आयोग पुगेका थिए । गत फागुन २३ गते तत्कालिन नेकपा अलग अलग हुने फैसला सर्वोच्चले गरेपनि रामबहादुर थापा बादलसहितका नेताहरु माओवादी केन्द्रमा नै बस्ने निर्णय गरेका थिए ।
त्यसबारे माओवादी केन्द्रले उनीहरुसँग स्पष्टीकरण सोधेपनि स्पष्टीकरण नदिई एमालेमा नै बसेका उनीहरुलाई माओवादी केन्द्रले पार्टीबाट निष्काशन गरेपछि मन्त्री बन्ने वैधानिक अधिकारबाट समेत च्युत भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया