काठमाडौं । माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएका पूर्व माओवादी एमालेका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।
माओवादी केन्द्रको लामो समयदेखि महाधिवेशन नभएको र आफैँ अवैधानिक भइसकेको दलले आफूहरुलाई गरेको कारवाही मान्य नहुने भन्दै नेताहरु आयोग पुगेका हुन् ।
गत बुधवार माओवादी केन्द्रको खारेजीको मागसहित आयोग पुगेका पूर्व माओवादी नेताहरु आज त्यसको प्रगतीबारे बुझ्न आयोग पुगेको बताइएको छ ।
आज एमाले नेता (पूर्व माओवादी) टोपबहादुर रायमाझी, प्रभु साह, मणी थापा र गौरीशंकर चौधरी लगायतका नेताहरु आयोग पुगेका हुन् ।
बुधवार आयोग पुगेका नेताहरुले अधिवक्ता सरोज बुढाथोकीमार्फत निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए ।
गत वर्षको फागुन २३ गतेको फैसलापछि तत्कालिन नेकपा विभाजन पछि पूर्व माओवादी नेताहरु एमालेमा नै बसेका थिए । पार्टी(माओवादी केन्द्र) ले त्यसबारे स्पष्टीकरण सोधेपनि उनीहरुले आफूहरु एमालेबाट नपर्किएपछि माओवादी केन्द्रले कारवाही गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया