कार्यदल बैठकअघि भीम रावलको दौडधुप

लोकपथ
287
Shares

काठमाडौं । नेकपा एमाले नेता भीम रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । कार्यदलको बैठक बस्न लागेका बेला रावल नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

यसअघि रावलले ओली पक्षका नेता एवम् कार्यदलका सदस्य विष्णु पौडेलसँग समेत भेटेका थिए ।

बैठकका लागि अन्य कार्यदलका सदस्यहरु सिंहदरबार पुगेपनि रावल कोटेश्वर गएका कारण बैठक शुरु हुन सकेको छैन ।

नेकपा एमालेभित्रको विवाद समाधानका लागि सोमवारदेखि कार्यदलको बैठक निरन्तर बसिरहेको छ ।

यसअघि बुधवार पनि कार्यदलको बैठकपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको थियो ।

सकारात्मक रुपमा हेरिएको ओली-नेपालबीचको भेटघाटले समेत निरन्तरता पाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?