ओली-नेपाल भेटवार्ता : भएन कुनै ठोस सहमती

लोकपथ
140
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्तामा कुनै ठोस सहमती हुन सकेन ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बुधवार साँझ मेरियट होटलमा भेटवार्ता भएको थियो । ओली र नेपालसँगै ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ र सदस्य विष्णु पौडेल सहभागी भएका थिए भने नेपाल पक्षका कार्यदल संयोजक भीम रावल र सदस्य सुरेन्द्र पाण्डे सहभागी भएका थिए । ओली र नेपालबिच एक्लाएक्लै भेटवार्ता गरिसकेपछि कार्यदल सदस्य सँग संयुक्त रुपमा छलफल गरिएको जनाइएको छ ।

कार्यदल सदस्य सुरेन्द्र पाण्डेले दुई नेताबिचको कुराकानी सकारात्मक भएको प्रतिक्रिया दिए ।

कार्यदल सदस्य भीम रावलले पार्टीको एकतालाई कसरी अगाडी बढाउने र सकारात्मक परिणाममा कसरी लाने भन्ने विषयमा कुरा भएको बताए । उनले समाधानका लागि कुराहरुलाई गहीराईमा लानुपर्ने आवश्यकता भएकाले पुनः छलफल गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?