काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।
आज न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले संघीय र लुम्बिनी प्रदेश सरकारलाई साउन ४ गते छलफलका लागि समेत बोलाएको छ ।
अधिवक्ता तुलसीराम पोखरेल लगायतका कानूनव्यवसायीहरुले कालीगण्डकी डाइभर्सनसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए ।
आदेश जारी गर्दै डाइभर्सनसम्बन्धी निर्णय र स्थलगत प्रकृतिको योजनाको कागजातसहित छलफलका लागि समेत उपस्थित हुन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया