राष्ट्रियसभामा कड्किए भट्टराई : ‘ओली कोठाभित्र चुक्कुल लगाएर राष्ट्रियताको गफ दिने मान्छे होइनन्’

लोकपथ
966
Shares

काठमाडौं । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरेका छन् ।

राष्ट्रियसभाको बुधवार बसेको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका राष्ट्रियसभा सदस्य बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भन्दै तर कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने “राष्ट्रियसभा कस्मेटिक राजनीति नगरौ मेरो यो अनुरोध छ । ” वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उनले सरकारका कामकारवाहीको बचाउ गरे ।

उनले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संबैधानिक भएको जिकिर गरे।

उनले भने “जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिदैन र बैकल्पिक सरकार दिन सक्दैन भने त्यस्तो औचित्य के रहन्छ प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संबैधानिक हुनजान्छ भन्ने मलाई लाग्छ ।”

उनले के जनताको बीच जाने कुरा अलोकतान्त्रिक हो ? भनी प्रश्न गरे ।

उनले सरकार बनाईदिनुपर्यो भनेर अदालतमा मुद्धा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्ने दाबी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै पुर्व प्रधानमन्त्रीहरुलाई ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गरेर देखाउन चुनौति दिए ।

उनले भने “म चुनौति दिन चाहन्छु केपी ओली कोठाभित्र चुक्कुल लगाएर कम्मल भित्रबाट चोर औलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन । ”

उनले ओलीको राष्ट्रवाद व्यवहारमा देखिएको दाबी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?