काठमाडौं । नेकपा एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ । आज सिंहदरबारमा बसको कार्यदलको बैठक सकारात्मक बनेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
सोमवारबाट बैठक शुरु भएपनि दुई दिनको बैठक भने निष्कर्षबिहिन बनेको थियो ।
आजको बैठक बैठक सकारात्मक बनेको र बाँकी कुराहरु भोलि बैठक बसेर टुंग्याइने एमाले ओली पक्षका नेता एवम् प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
“आजको छलफल सकारात्मक बनेको । साथै भोलि पनि बैठक बसेर सबै विषय टुंग्याउँछौँ । ” बैठकपछि उनले भने ।
त्यस्तै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुसँग छलफल गरेर समाधानलाई अन्तिम रुप दिइने उनले बताए ।
अर्को बैठक बिहीवार (भोलि) बिहान ११ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया