काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानको लागि गठित कार्यदलको बैठक आजपनि बसेको छ ।
केहिबेरअघि सिंहदरबारमा बैठक शुरु भएको हो ।
सोमवार सिंहदरबारमा बसेको बैठकले विवाद समाधानका लागि निरन्तर छलफललाई अगाडि बढाउने निष्कर्ष भएको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५र५ जना गरि १० जनाको कार्यदलको आजको बैठकले संयुक्त मस्यौदा टुंगो लगाउनेबारे छलफल हुने एक नेताले जानकारी दिए ।
त्यस्तै निरन्तरको छलफलपछि ओली र नेपाल दुवै पक्षबाट संयुक्त वक्तव्य आउने संभावना रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया