बागलुङको मध्यपहाडी राजमार्ग अवरुद्ध

RSS
140
Shares

काठमाडौं । निरन्तरको वर्षात्का कारण मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

राजमार्गको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो ।

दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिएका छन् ।

निरन्तरको वर्षात्पछि पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक उपकरण तीन स्थानमै खटाइएको छ । आज अपराह्नसम्म सडक खुलाउने लक्ष्य छ ।

वर्षात्का कारण अर्को आष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ-बलेवा जाने सडकसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिएका छन् ।

बागलुङ पोखरा सडकअन्तर्गत पर्वतको सहस्रधारामा समेत पहिरो खसेपछि राजमार्गको सडक अवरुद्ध भएको र यात्रु अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?