एमाले विवाद समाधान कार्यदल बैठक : ठोस प्रगति भएन, छलफललाई निरन्तरता दिईने

लोकपथ
126
Shares

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ ।

माधव नेपाल झलनाथ खनाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि अवरुद्ध भएको एमाले विवाद समाधान कार्यदलको बैठक आज साँझ सिंहदरबारमा बसेको छ । अनौपचारिक छलफलमा निरन्तर रहेका दोश्रो तहका नेताहरु बीचको वार्ता सकारात्मक बनेको बताइएको छ । आज साँझ भएको वार्ता पछि बोल्दै नेताहरुले छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको विषय नेताहरु बीच साझा गरेको बताएका छन् । नेताहरुले बैठक निरन्तर बस्ने सहमति भएको नेता भीम रावलले बताए ।

नेकपा एमाले भित्रको आन्तरिक राजनीति बिग्रदै जाँदा पार्टी बिभाजन हुने आशंका बीच भएको वार्तालाई विश्लेषकहरुले सकारात्मक संकेत भनि टिप्पणी गरेका छन् । अघिल्लो महिना अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटमा भएको सहमति अनुसार गठित कार्यदलले विभिन्न चरणमा छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको छैन । यसरि गठन भएको कार्यदलमा ओली पक्षका संयोजक सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षका संयोजक भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण विष्ट रहेका छन् । सर्वोच्चमा रीट परे सँगै निष्क्रिय भएको बार्ता सर्बोच्चमा बहस सकिएको दिन नै बसेको छ । नेपाल कम्युनिष्ट पार्टी हुँदा अन्तरकलह बढिरहेको बेला सर्वोच्चको एक फैसलाले नेकपा एमाले र नेकपा माओबादी को रुपमा अलग अलग पूर्ववत रुपमा फर्काए सँगै विवाद झन् बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?