‘श्रीमान प्रधानमन्त्री बन्ने मान्छेसँग जनताको विश्वास चाहिन्छ’

लोकपथ
196
Shares

काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता कमलप्रकाश घिमिरे प्रधानमन्त्री बन्ने व्यक्तिका लागि जनताको विश्वास कायम गर्नुपर्ने जिकिर गरेका छन् ।

आज प्रतिनिधि सभा विघटनको मुद्दामा एमिकस क्यूरीको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता घिमिरेले प्रधानमन्त्रीले प्रत्येक मिनेट जनताको विश्वास लिनुपर्ने जिकिर गरे ।

“प्रधानमन्त्री भन्ने मान्छे एक मिनेट पनि जनताले विश्वास गरेको मान्छे हुनुपर्छ । हैन भने प्रधानमन्त्रीको कुर्सीमा बस्न पाउने अधिकार छैन । जनताले पत्याएको छैन भने मन्त्री हुन पाउदैन भनेको छ संविधानमा । भनेपछि प्रधानमन्त्री कसरी हुन पाउँछ । ?” वरिष्ठ अधिवक्ता घिमिरेले भने ।

त्यस्तै २र२ पटक विश्वासको मत प्राप्त गर्न नसकेको व्यक्ति पुनः प्रधानमन्त्री बन्न नपाउने उनको दाबी रहेको छ ।

“उपधारा ५ बमोजिम नियुक्ती प्रधानमन्त्रीको उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा भनिसकेपछि यो सिद्धियो, ५ बमोजिम विश्वासको मत पाउन नसकेमा मात्र विघटन गर्न पाउँछ । २र२ पटक विश्वासको मत पाउन नसकेको मान्छे फेरि प्रधानमन्त्री हुन सक्दैन ।”

त्यसैगरी राय पेश गर्ने क्रममा उनले ओलीले मार्ग प्रशस्त गरिसकेको अवस्थामा पुनः प्रधानमन्त्रीको लागि दाबी गर्न नहुने समेत घिमिरेको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?