काठमाडौं । प्रतिनिधि सभा विघटनविद्धको मुद्दामा जवाफी बहस सकिएको छ । आज रिट निवेदक पक्षका ३ वरिष्ठ अधिवक्ताहरुले जवाफी बहस गरेका थिए ।
आज वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले बहस गरेका हुन् ।
यससँगै रिट निवेदक १४६ सांसद, विपक्षी राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसहित सबैको बहस सकिएको छ । साथै आजबाट नै एमिकस क्यूरी (अदालतको सहयोगी) को बहस शुरु हुने बुझिएको छ ।
प्रतिनिधि सभा विघटनको मुद्दामा ४ जना एमकिस क्यूरीले बहस गर्दैछन् । जसमा बार एशोसियसनका तर्फबाट वरिष्ठ अधिवक्ताहरु राघवलाल वैद्य र उषा पाठक तथा साथै सर्वोच्च अदालत बार एशोसियसनका तर्फबाट वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसी रहेका छन् । उनीहरुलाई कुल २ घण्टाको समय छुट्टयाइएको छ ।
गत असार ९ गते बुधवारबाट प्रतिनिधि सभा विघटनको मुद्दामा निरन्तर बहस भइरहेको छ । बुधवारबाट ४ दिन अर्थात आइतवारसम्म रिट निवेदक पक्षको बहस सकिएको थियो । भने सोमवारबाट सरकारी पक्षको बहस शुरु भइ बिहीवारबाट सकिएको थियो । भने बिहीवार र शुक्रवार सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानून व्यवसायीहरुले बहस गरेका थिए । एमिकस क्यूरीको बहस सकिएपछि छिट्टै नै मुद्दाको अन्तिम फैसला बाहिरिने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया