‘यहाँ सदस्यहरुलाई स्वविवेकीय अधिकार हुन्छ श्रीमान’

लोकपथ
378
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा सभामुख अग्निप्रसाद सापकोटाको बहस जारी छ ।

आजको बहसको क्रममा वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले सभामुखको पक्षबाट बहस गर्दै प्रधानमन्त्रीले मार्गप्रशस्त गरेँ भन्दै गैरसंवैधानिक तरिकाबाट मार्ग अवरुद्ध गर्न नपाउने जिकिर गरेका छन् ।
त्यस्तै संविधानको धारा ७६(३) को प्रधानमन्त्रीले विश्वासको मत लिने वा राजीनामा दिने दुईमध्ये एक विकल्प रोज्नुपर्ने तर्क गरेका छन् ।

बहसका क्रममा उनले ७६(५) को व्यवस्थाले दलको नभइ सांसदहरुको स्ववीवेकले सरकार बनाउने अधिकार भएको जिकिर गरेका छन् । “७६(५) सम्मका प्रयास असफल भ एभने बहुदलीय व्यवस्थाप्रति कमिटमेन्ट भएको दलकै सदस्यबाटै वैकल्पिक सरकार बनाउने हो, ७६(५) । त्यो वैकल्पिक सरकार कायम रहेको एमालेको वैकल्पिक सरकार हो कि एमालेकै सांसद लगेर वैकल्पिक सरकार हो ? यहाँ सदस्यहरुको स्ववीवेकी अधिकार हो श्रीमान, कसको सांसद दललाई थाहा हुन्छ, संसदलाई होइन ।”

त्यसैक्रममा प्रधानन्यायाधीश राणाले विपक्षी गठबन्धका उम्मेद्वार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ती गर्न एमालेका २६ सांसदहले हस्ताक्षर गरेको र त्यसमा वैकल्पिक सरकारको मेल खाने वा नखाने भन्दै प्रश्न गरे ।
“अहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २६ जनाले हस्ताक्षर गरेको देखिन्छ । यो वैकल्पिक सरकार भन्ने सिद्धान्तसँग मेल खान्छ त त ? अदालतको यसअघिको फैसलाले पनि वैकल्पिक सरकार बन्ने अवस्था रहेसम्म भनेको छ । ” प्रधानन्यायाधीशको प्रश्न रहेको थियो ।
त्यसमा सवालजवाफ गर्दै वरिष्ठ अधिवक्ता न्यौपानेले जवाफ फर्काए( “यहाँ देउवालाई एमाले एमाले संसदीय दलले निर्णय गरेर समर्थन गरेको होइन, श्रीमान । यहाँ प्रतिनिधि सभाका सार्वभौम सदस्यले समर्थन गरेका हुन् । यदी, ७६(५) पनि दलकै आधारमा चयन हुने भए त त्यो धाराकै औचित्य रहन्न, श्रीमान । ७६(५) को प्रयास असफल भएपछि ७६(५) तिर जाँदैन, फेरि ७६(२) तिरै उक्लिने देखिन्छ प्रक्रिया” ।

आज प्रतिनिधि सभा विघटनको मुद्दामा सभामुख पक्षको बहस सकिएपछि रिट निवेदकहरुको तर्फबाट जवाफी बहस शुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?