काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा सभामुख पक्षका कानून व्यवसायीहरुको बहस जारी छ ।
जारी बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले रिट निवेदकहरुको संख्याको आधारमा ‘‘प्रधानमन्त्री नियुक्त गर्न आदेश दिनु कतिको संवैधानिक हुन्छ ?’ भनी प्रश्न गरेका छन् ।
आज सर्वोच्चको संवैधानिक इजलासमा बहसका क्रममा सभामुख मेघराज पोखरेललाई प्रधानन्यायाधीश राणाले संविधानको धारा ७६(५) को व्याख्या गर्दा अदालतले प्रधानमन्त्री तोक्न मिल्ने वा नमिल्ने भन्दै प्रश्न गरेका छन् ।
सवाल जवाफका क्रममा राणाले प्रश्न गरे- “१४६ जना अदालतमा आएका छन् । अब उनीहरुसँग बहुमत छ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्त गर्न मिल्छ त ? के ७६(५) अनुसार अदालतले त्यसो गर्नु संवैधानिक हुन्छ त ?”
बहसका क्रममा अधिवक्ता पोखरेलले विपक्षी गठबन्धनको बहुमत सदस्यहरुले शेरबहादुरलाई समर्थन गरेको र सरकार चलाउनका लागि बहुमत पुगेको दाबी गरेको थिए ।
त्यस्तै धारा ७६(५) को व्यवस्था अनुसार सरकार गठनको लागि दलको ह्वीप नलाग्ने जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया