काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा केन्द्रीय सदस्य प्रदिप पौडेल नियुक्त भएका छन् ।
समितिको आधिकारिक धारणा सार्वजनिक गर्नका लागि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको छ ।
पार्टी केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वमा रहेको समितिले क्रियाशील सदस्यहरुमाथि छानबिन गरिरहेको छ ।
हाल छानविन समितिमा संयोजक लेखकसहित, पौडेल, कल्याण गुरुङ, श्याम घिमिरे, जीवन परियार, योगेन्द्र चौधरी र आनन्द ढुंगाना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया