सरकारसँग विप्लव समूह असन्तुष्ट, प्रधानमन्त्रीसँग भेट गर्दै

लोकपथ
189
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सरकारसँग छलफल गर्ने भएको छ ।

शान्तिपूर्ण राजनीतिमा आउँदा सरकार पक्षसँग भएका सहमतीहरु कार्यान्वयन नभएको भन्दै असन्तुष्ट विप्लव समूहले छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीसँग आफ्ना मागहरुबारे छलफलका लागि आज नै विप्लव समूह बालुवाटार जान लागेको स्रोतले जनाएको छ ।

लामो समयदेखि भूमिगत राजनीतिमा रहेको विप्लव समूह गत फागुन २१ गते वर्तमान केपी ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमती गर्दै शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरेको थियो । विभिन्न मागहरु मध्ये उक्त समूहले सरकारसँग जेलमा रहेका आफ्ना नेताकार्यकर्ताहरुलाई रिहाइको माग रहेको थियो । तर आज सहमती भएको ४ महिना बितिसक्दा पनि आफ्ना मागहरु पूरा नभएको भन्दै विप्लव समूह असन्तुष्ट बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?