काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ ।
बिहीवार (आज) बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले भोलिका लागि बोलाइएको बैठकमा उपस्थित नहुने निर्णय गरेको हो ।
ओली पक्षको बुधवार बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीलाई २०७५ जेठ २ मा फर्काउँदै केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो । तर नेपाल पक्षले भने आफूहरु पूर्व पदाधिकारी तथा महाधिवेशनबाट आएको हैसियतमा भएपनि उक्त बैठकमा नजाने निर्णय गरेको एक नेताले जानकारी दिए ।
ओली पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक भोलि बिहान ११ बजे बालुवाटारमा बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया