काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा जारी बहसमा संसद पुनःस्थापना भएमा अस्थिरता सिर्जना हुनेबारे कुरा उठेको छ ।
आज बहस गर्दै नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले पटक पटक प्रतिनिधि सभा विघटन उल्टिँदा अस्थिरता सिर्जना हुने जिकिर गरे ।
तर फागुन ११ प्रतिनिधि सभा पुनःस्थापना भएपनि स्थितरता नदेखिएको दाबी गरे । बहसका क्रममा संवैधानिक इजलासका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अदालतको कारण मात्रै अस्थिरता आएको हो ? भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री केपाी शर्मा ओलीले पठाएको लिखित जवाफमा समेत उक्त कुरा दाबी गरिएको प्रसंग निकाल्दै न्यायाधीश खतिवडाले प्रश्न गरे(“के अदालत मात्रै कारण हो ? कि अरु पनि कारण छन् ?”
बहसका क्रममा नायव महान्यायाधीवक्ता पाण्डेयले प्रतिनिधि सभा विघटनमा जनताको भावना र मतको कुरा जोडिने समेत जिकिर गरेका छन् ।
उनले भने,“संसद विघटन जनताको मत के छ भनेर हेर्ने ठाउँ हो । दलहरु पपुलारिटी जाँच्ने ठाउँ पनि हो । र यो प्रधानमन्त्रीको अधिकार हो । सांसदहरुलाई सरकारलाई असहयोग गरे विघटन हुन्छ भन्ने छ, जनतालाई पनि एउटै दललाई बहुमत नदिए विघटन हुन्छ भन्ने हुँदो रहेछ भन्ने परेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया