‘जिन्स र चस्मा’मा दीपाश्रीको असार १५

लोकपथ
735
Shares

काठमाडौं । आज असार १५ । देशका विभिन्न ठाउँमा धान दिवस तथा रोपाई महोत्सव मनाइदै छ । कृषि प्रधान देश भएकाले पनि नेपालमा असार १५ को विषेश महत्व रहेको छ ।

मनसुन शुरु भएसँगै किसानलाई रोपाइको चटारो छ । असारमा रोपेको धान मंसिरमा भित्र्याउने गरिएको छ ।

रोपाई शुरु भएसँगै सेलेव्रिटीहरुलाई रोपाइ भन्दा पनि रोपाईमा फोटो खिच्ने चटारो छ ।  हरेक वर्ष धान दिवसका दिन सेलेव्रिटीहरुले हिलो खेल्ने रमाइलो गर्ने गरेका छन् ।

धान दिवसका दिन अभिनेत्री दीपाश्री निरौला र स्वस्तिम खड्का धान रोप्न र हिलो खेल्न व्यस्त छन् ।

दीपाश्री रातो टिसर्ट र निलो जिन्समा देखिएकी छिन् । साथै उनले चस्मा पनि लगाएकी छिन् । कुन समयमा कस्तो पहिरन लगाउने भन्ने कुरामा ख्याल नराख्दा धेरै कलाकारले यस्ता नकारात्मक आलोचनाको सामना गर्नु परेको देखिन्छ ।

May be an image of 4 people, people standing and outdoors

दीपाश्रीले आफ्नो सामाजिक सञ्जालमा रोपाईको तस्वीर अपलोड गर्दै लेखेकी छिन्, ‘मेरो लालाहरुसँग खेतमा मस्ती । यो पो हो हाम्रो दोस्ती । राष्ट्रिय धान दिवसको शुभकामना ।

उनले गरेको उक्त पोष्टमा झण्डै ३ हजार लाईक आएका छन् भने २०० बढी कमेन्ट आएका छन् । अधिकाम्स कमेन्टमा उनले लगाएको पहिरनको नकारात्मक चर्चा भएको छ ।

हेर्नुहोस् केही कमेन्ट : 

 

हेर्नुहोस् रोपाईका तस्वीर : 

 

May be an image of 3 people, people standing and outdoors

May be an image of 2 people, people standing and body of water

May be an image of 2 people, people standing and outdoors

May be an image of 4 people and body of water

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?