काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले विपक्षी गठबन्धनले बुझाएको हस्ताक्षरसहितको पत्रमा त्रुटि रहेको टिप्पणी गरेका छन् ।
आज सरकारको पक्षबाट सर्वोच्चको संवैधानिक इजलासमा बहस गर्दै महान्यायाधिवक्ता बडालले प्रधानमन्त्रीका लागि दाबी गरिएको पत्रमा केरमेट रहेको बताए । साथै उक्त पत्र बाहिर नल्याएर राष्ट्रपतिले विपक्षी गठबन्धनको इज्जत जोगाइदिएको समेत बताए ।
“ राष्ट्रपतिले उहाँहरुको इज्जत जोगाइदिएकै हो ।म राष्ट्रपतिलाई मनपरी गाली गरेर उहाँहरुले राष्ट्रपतिको मात्रै होइन आफ्नै बेइज्जत गर्नुभएको छ ।” उनले अघि भने-“ त्यो कागज देउवालाई प्रधानमन्त्री बनाउनकै लागि तयार गरिएको हो त ? कतै कम्प्युटर टाइप छ, कतै हस्तलिखित छ, कतै टिपेक्स लगाएको छ । यो त मजाक हो । केरमेट गरेको कागज बुझाएर प्रधानमन्त्री बनाएन भन्ने ?”
त्यसैगरी महान्यायाधीवक्ता बडालले राष्ट्रपतिले संविधान बमोजम नै ७६(५) को सरकार बन्ने सम्भावना नदेखेर नै संसद विघटनलाई अनुमोदन गरेको जिकिर गरे ।
बहसका क्रममा महान्यायाधीवक्ता बडालले राष्ट्रपतिले बहुमतको आधार हेरेर निर्णय गर्ने बताएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राष्ट्रपतिले आधार वा शिद्दान्त के हेर्ने हो भन्दै प्रश्न समेत गरेका थिए ।
“राष्ट्रपतिले बहुमतको आधार हेर्ने हो । त्यस्तो आधार विवादास्पद वा शंकास्पद भएमा अस्वीकार गर्ने छुट त हुन्छ नी ” महान्यायाधिवक्ता बडालले भनेका थिए । “राष्ट्रपतिले आधार हेर्ने वा सिद्धान्त ? सोही क्रममा प्रधानन्यायाधीश राणाको प्रश्न रहेको थियो ।
अहिले सर्वोच्चको संवैधानिक इजलासमा बहस जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया