काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताएका छन् ।
शनिवार संसद् भवन नयाँ बानेश्वरमा आयोजित पत्रकारहरुसँग छलफल कार्यक्रममा नेता नेपालले केपी ओलीले आफूलाई प्रधानमन्त्री बन्न अफर गरिसकेका भएपनि विपक्षी गठबन्धनलाई आफूले धोका नदिने प्रष्ट पारेका हुन् ।
“गठबन्धनको तर्फबाट जुन प्रक्रियाहरु अघि बढेको छ, त्यसमा धोका दिने पक्षमा म छैन”, नेता नेपालले भने ।
“संधिवानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं । यो एमालेभित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।” नेता नेपालले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया