काठमाडौं । प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले अहिले चर्चामा रहेको रुपा सुनार र सरस्वती प्रधान बीचको संवाद र विवादबाट उत्पन्न परिस्थितीबारे सरकारको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले समय र संसार बललिएपनि हाम्रा कैयन सोच, व्यवहार र समाज अपेक्षित रुपमा बदलिन नसकेको भन्दै समस्याबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको हो ।
आज एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ? भन्दै प्रश्न समेत गरेका छन् ।
“जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ? न्यायको संरक्षक र समाधानको उत्प्रेरक कि द्वन्द्व बढाउने पक्षधरता ?” जारी विज्ञप्तिमा भनिएको छ । “समय र संसार बदलिएको छ, तर हाम्रा कैयन सोच, व्यवहार र समाज अपेक्षित गतिमा बदलिएको छैन । दशक लामो हिंसाको अन्त्य गर्न हामी समर्थ भयौं तर दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य भएको छैन । नयाँ संविधान निर्माण गर्न हामी समर्थ भयौं, तर संविधान अनुरुप न्याय र समानताको संस्कार निर्माण गर्न सफलता प्राप्त भएको छैन । यस्तो परिस्थितिमा देश बन्ने/बनाउने परिभाषाभित्र सामाजिक रुपान्तरणको प्रश्नलाई गहन आत्मसात गर्दै नविन राष्ट्रिय विमर्श थालनी गर्न अत्यावश्यक भएको छ । हालैको एक घटनामा तपाईंको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया