काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतलको पछिल्लो फैसलाले राष्ट्रिय हित प्रतिकुलका निर्णयहरुलाई बदर गरिदिएको प्रतिक्रिया दिएका छन् ।
नेता श्रेष्ठले अति गरेपछि खति हुने भन्दै सर्बोच्च अदालतको पछिल्ला फैसलाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक, अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुलका निर्णयहरुलाई बदर गरिदिएको बताएका छन् । ‘अति भए पछि खति हुन्छ नै । सर्बोच्च अदालतको पछिल्ला फैसलाहरुले प्रम ओलीले चालेका असंवैधानिक, अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ ।’ उनले भनेका छन्, ‘संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको छ ।’
नेता श्रेष्ठले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले रोकेको भएपनि यो काम राजनीतिकै भएको प्रति सचेत गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया