सर्वोच्चले कामचलाउ प्रधानमन्त्रीको काम कर्तव्यबारे सीमारेखा तय गर्दियो : कांग्रेस

लोकपथ
231
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्चको आदेशले कामचलाउ प्रधानमन्त्रीले के गर्न हुने र के गर्न नहुने भन्नेबारे सीमारेखा कोरिदिएको प्रतिक्रिया दिएको छ ।

मंगलवार विस्तारित मन्त्रिमण्डल मान्य नहुने सर्वोच्चकोआदेशपछि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकपथसँग कुरा गर्दै प्रधानमन्त्रीको राजनीतिक अंकहकारलाई सर्वोच्चले उल्ट्याइदिएको टिप्पणी गरे ।

संविधानभन्दा बेगर गएर प्रधानमन्त्रीले गरिरहेको बलमिच्याँइलाई सर्वोच्चको आजको निर्णयले हार्दिकतापूर्वक रोकेको प्रवक्ता शर्माले बताए ।

यसैगरी हरेक सरकार संविधान संवत नचलेमा अन्य शक्तिले त्यसलाई नियन्त्रण गर्ने सन्देश सर्वोच्चले दिएको उनले बताए ।

“सर्वोच्चले संविधान अनुरुप चल्नुपर्छ अन्यथा अन्य शक्तिले त्यसलाई नियन्त्रण गर्छ भन्ने कुराको सन्देश प्रष्टसँग दियो । र कामचलाउन प्रधानमन्त्रीले भविष्यमा पनि के गर्न मिल्ने के गर्न नमिल्ने भन्ने एउटा सीमारेखा पनि सर्वोच्च कोरिदियो ।” प्रवक्ता शर्माले भने ।

प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक अंहकारको आडमा संविधान विपरित काम गरेको र त्यसलाई सर्वोच्चले उल्ट्याइदिएको बताए ।

“प्रधानमन्त्रीले श्रृंखलावद्ध रुपमा संविधान विपरित कामहरु गर्दै आउनुभएको थियो । उहाँले बलमिच्याँई गर्ने जुन क्रम जारी राख्नुभएको थियो ।” प्रवक्ता शर्माले भने । “सर्वोच्चले विनम्रतापूर्वक त्यसलाई रोक्ने कार्य गर्यो । प्रधानमन्त्री ज्यूले राजनीतिक अहंकारको आडमा संविधानविपरित काम गर्नुभयो ।”

गत जेठ २१ गते प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै विस्तारित मन्त्रिपरिषद्लाई अमान्य ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?