नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति तप्तबहादुर विष्टको निधन

लोकपथ
126
Shares

काठमाडौं । पूर्व राज्यमन्त्री एवम् नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति तप्तबहादुर विष्टले निधन भएको छ ।

उनको आज मेडिसिटी अस्पतालमा कोरोना संक्रमणको कारण निधन भएको हो ।

कोरोना संक्रमण भइ उपचार गराइरहेको उनको बिहान निधन भएको हो ।

यसैक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विष्टको निधनप्रति दुख व्यक्त गरेका छन् ।

पार्टीभित्रको एक निष्ठावान नेताको रुपमा स्मरण गर्दै सभापति देउवाले उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?