काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र गृहमन्त्री खगराज अधिकारी बीच भेटघाट भएको छ ।
शुक्रवार साँझ गृहमन्त्रीसहित मन्त्रालयका उच्च उच्च अधिकारी र विपद् व्यवस्थापनका पदाधिकारीहरुसँग राष्ट्रपति भण्डारीले भेटघाट गरेकी हुन् ।
केहिदिन देखि अविरल वर्षाका कारण देशभर गएको बाढी पहिरो, लगायत प्राकृतिक विपत्तिको कारण भइरहेको जोखिम, त्यसको रोकथाम साथै राहत र उद्धारका बारेमा राष्ट्रपति भण्डारीले जानकारी लिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कार्यालयका केशवप्रसाद घिमिरेले लोकपथलाई जानकारी दिए ।
‘आज अपरान्ह राष्ट्रपतिले गृहमन्त्री, मन्त्रालयका उच्च अधिकारीसहित विपद् व्यवस्थपनका पदाधिकारीहरुसँग विपद्बारे जानकारी लिनुभएको हो । भेटघाटका क्रममा विपद् व्यवस्थापनमा भइरहेको प्रयासबारे समेत जानकारी गराउनुभएको छ ।’ सहायक प्रवक्ता घिमिरेले लोकपथसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया