विपद् जोखिम न्यूनिकरणका लागि सबै मन्त्रालयलाई परिचालन गर्ने सरकारको निर्णय

लोकपथ
70
Shares

काठमाडौं । सरकारले देशभर बाढी पहिरो प्रभावित स्थानमा उद्धार र राहत तथा व्यवस्थापनको लागि सबै मन्त्रालयहरुलाई परिचालन गर्ने भएको छ ।

आज गृहमन्त्रालयमा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले सबै मन्त्रालयको समन्यवमा विपद् जोखिम न्यूनिकरणका लागि परिचालन गर्ने निर्णय गरेको हो ।

बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी(पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । त्यहाँ खाद्यसामग्री, टेन्टलगायतका अरु आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी उक्त बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ स्वीकृत गरेको छ ।

विपद व्यवस्थापन कार्यकारी समितिको गृहमन्त्रालयमा बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना ,२०७८ को साथै विपद् व्यवस्थापन स्वयंसेवक व्यूरो गठन तथा परिचालन कार्यविधि ,२०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, २०७८ , गैर सरकारी संस्था परिचालन सम्वन्धि कार्यविधि ,२०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुननिर्माण सम्वन्धि कार्यविधि २०७८ लाई स्वीकृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?