नेपाल पक्षीय चार नेताको छलफल : ओलीको घोषणा सकारात्मक रहेको निष्कर्ष

लोकपथ
406
Shares

काठमाडौं – एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई पुरानै अवस्थामा फर्काउने घोषणा गरेसँगै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका चार जना युवा नेताहरुबीच बसेको अनौपचारिक बैठकले ओलीको घोषणालाई सकारात्मक रुपमा लिने निर्णय गरेको छ।

आज बिहान नेता सुरेन्द्र पाण्डेले नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टलाई आफ्नै निवासमा बोलाएर गरेको छलफल सकारात्मक रहेको बताइएको हो । नेता नेपालले आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाउनु पूर्व बसेको ४ नेताहरुबीचको छलफलमा पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउने अध्यक्ष ओलीको घोषणालाई सकारात्मक रुपमा लिँदै एमालेभित्रै बसेर अन्तसंघर्ष गर्नुपर्ने मतमा सहमति निकालेको हो । ओलीको घोषणापछि मिश्रीत प्रतिक्रिया आईरहेको छ ।

यसअघि : ओलीको प्रस्तावपछि नेपाल पक्षका नेताहरुको प्रतिक्रिया : जालझेलपूर्ण योजना मात्रै !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?