ओलीको प्रस्तावपछि नेपाल पक्षका नेताहरुको प्रतिक्रिया : जालझेलपूर्ण योजना मात्रै !

लोकपथ
126
Shares

काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ल्याएको एकताको प्रस्ताव मिडिया खपत लागि ल्याइएको कपटीपूर्ण योजना मात्र रहेको नेपालपक्षका नेताहरुले प्रतिक्रिया दिएका छन् ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षिय नेताहरुले ओलीको उक्त प्रस्ताव सकुनी जालको रुपमा झुक्याउन, अलमलाउन र मिडियामा प्रचारबाजीका लागि मात्रै उक्त प्रस्ताव फालेको र त्यो प्रस्तावमा विश्वास गर्ने आधार नभएको बताएका हुन् ।

नेताहरुले ओलीको प्रस्ताव कपटीपूर्ण योजना भएको भन्दै यो बेइमानीको पुलिन्दा भएको र त्यो आह्वानमा कुनै इमान्दारिता नभएको भनेका छन् ।
ओलीको उक्त प्रस्तावबारे औपचारिक धारणा बनाउन आजै नेपाल पक्षको स्थायी कमिटि बैठक बसिरहेको छ ।

अध्यक्ष ओलीले आइतबार राति विभिन्न सर्तसहित जेठ ३ मा फर्कने सकिने गरी एकताका प्रस्ताव सार्वजनिक गरेका छन् ।

विज्ञप्तिपछि प्रतिक्रिया दिँदै नेता रामकुमारी झाँक्रीले ओलीले एकतर्फी घोषणा गरेको उक्त प्रस्ताव एकता गर्न नखोजिएको बरु झुक्याउन, अलमलाउन र मिडियाकन्जम्सनका लागि मात्र भएको दाबी गरेकी छन्।

यसैबीच ओलीको घोषणापछि नेपाल समूहबाटै सकारात्मक धारणा पनि सार्वजनिक भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?