ढुङ्गा, गिट्टी विदेश निकासी गर्ने योजना ‘राष्ट्रघाती’ भन्दै २२ राजनीतिक संगठनले निकाले विज्ञप्ति

लोकपथ
77
Shares

काठमाडौं – ढुङ्गा, गिट्टी विदेश निकासी गर्ने योजना राष्ट्रघाती रहेका भन्दै तत्काल त्यसलाई फिर्ता लिन २२ राजनीतिक संगठनले सरकारसँग माग गरेका छन्।

आइतबार एक विज्ञप्ति जारी गर्दै ति संगठनहरुले संसद्‌बाट पारित नै नभएको एमसीसी परियोजनाअन्तर्गतको विद्युतको हाईटेन्सन लाइनका लागि रकम विनियोजन गर्ने कार्यसमेत राष्ट्रघाती भएकोले सो पनि फिर्ता लिन माग गरेका छन् ।

२२ राजनीतिक संगठनको कार्यगत एकताको तर्फबाट विज्ञप्ति जारी गर्दै सीपी गजुरेलले यी दुवै निर्णय खारेज गर्न माग गरेका छन्।

विज्ञप्तीमा यदि यो खारेज गरिएन वा यसलाई फिर्ता लिइएन भने त्यसबाट उन्पन्न हुने सम्पूर्ण परिस्थितिका लागि सरकार जिम्मेवार हुनुपर्ने चेतावनी समेत दिईएको छ । हेर्नुहोस् विज्ञप्ती:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?