जबरजस्ती करणी मुद्दाका फरार ८४ वर्षीय वृद्ध पक्राउ

लोकपथ
7
Shares

काठमाडौं । दाङमा जबरजस्ती करणी मुद्दामा फरार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्वर ४ भकारे बस्ने ८४ वर्षिय रामु केसी रहेका छन् ।

उनलाई प्रहरीले बिहिवार विहान साढे दश बजे पक्राउ गरी सजाय भुक्तानका लागी दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

अदालतले केसीविरुद्ध २०७६/८/२६ गते जबरजस्ती मुद्धामा दोषी ठहर गदै सात वर्ष पाँच महिना आठ दिन कैद र दुई लाख पच्चिस हजार रुपैया जरिवाना फैसला गरेको थियो ।

फरार हुदै आएका अभियुक्तलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?