काठमाडौं । नेपालमा कोरोनाका कारण थप ७४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ६ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । देशभर गरिएको कुल २१ हजार ७ सय ७३ परीक्षणमा सो परिमाणमा संक्रमित थपिएका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
केहिदिन यता नेपालमा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेदर बढी रहेको थियो । तर आज भने कोरोना संक्रमितको संख्या धेरै रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया