काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । संघको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए। संघका अध्यक्ष बचनबहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा संघमा ४० वर्ष उमेरहद तोकिएको छ ।
महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए। संघमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ ।
नवनिर्वाचित अध्यक्ष पौडेलले संघलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए। उनी परिस्थिति अनुकुल हुने बित्तिकै महाधिवेशन गर्ने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया