सरकारले घटिया काम गर्दैन : प्रधानमन्त्री ओली

लोकपथ
1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी टार्गेट गरेर सरकारले बजेट ल्याएको भन्ने आरोपको खण्डन गरेका छन् ।

सोमवार राष्ट्रिय युवासंघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनावका लागि सरकारले कुनै पपुलिस्ट काम नगर्ने बताए ।

सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनलाई प्रभावित गर्नेगरी बजेट ल्याएको भन्ने विपक्षीहरुको आरोपकाबीच प्रधानमन्त्री ओलीले त्यसको खण्डन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनताको सेवा नभइ भोट आकर्षित गर्ने काम नगर्ने बताए । ‘जनताको सेवा होइन, भोट आकर्षित गर्ने घटिया काम गर्दैनौँ । त्यस्ता घटिया काम सरकारले गर्दैन।’ प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै आफूले एउटा चुनाव जित्ने वा हार्ने नभइ लोकतन्त्र जित्ने वा हार्नेमा विश्वास गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?