काठमाडौं । लुम्बिनी प्रदेशमा सोमवार भएको उपनिर्वाचनबाट विजयी भएका कांग्रेसका दृगनारायण पाण्डेले यो जित लोकतन्त्र र प्रजातन्त्रको जित भएको बताएका छन् ।
एमाले उम्मेदवार चन्द्र बहादुर खड्कालाई पराजित गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले राष्ट्रियसभामा गएर संघीयता, गणतन्त्र लगायतका मुद्दाहरुलाई सशक्त ढंगले उठाउने बताए ।
‘यो प्रजातन्त्रको जित हो । लोकतन्त्रको जित हो । सबै मतदाताको जित हो’, सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा, स्वतन्त्र लगायत सबै मतदातामा धन्यवाद दिन चाहन्छु । उहाँहरुले मलाई विश्वास गरेर र कांग्रेस पार्टीले पनि विश्वास गरेर अमूल्य मत दिनुभयो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया