काठमाडौं । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मत गणना शुरु भएको छ ।
बिहान ९ बजेबाट शुरु भएको मतदान दिउँसो तीन बजे सकिएको हो ।
लुम्बिनी प्रदेशको रिक्त एक रिटका लागि भएको उपनिर्वाचन अनुसार जारी मतगणनामा कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् ।
हालसम्म स्थानीय तहतर्फ २१२ मत गन्दा एक मत बदर भएको छ । जसमा ११८ मत कांग्रेसका उम्मेदवारको पक्षमा आएको छ भने एमाले उम्मेदवारको पक्षमा ९३ मत प्राप्त भएको छ ।
जसअनुसार कांग्रेसका उम्मेदवारले २१२४ मतभार पाएका छन् भने एमालेका उम्मेदवारले १६७४ मतभार पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया