संसद विघटनको रिट : दोस्रो दिनको बहस सकियो, मुद्दा हेर्दाहेर्दैमा

लोकपथ
147
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको दोस्रो दिन अर्थात आइतवारको बहस सकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रवारबाट शुरु भएको सुनुवाईमा आज रिट निवेदक पक्ष र सरकारी वकिलहरुले न्यायाधीशहरुमाथि प्रश्न उठाएका थिए ।

दुवै तर्फको बहस सकिएपनि मुद्दाको तथ्यमा छलफल नै नभएकाले हेर्दाहेर्दैमा राखिएको हो ।

आजको बहसका क्रममा संवैधानिक इजलासका एक सदस्य न्यायाधीश बमबहादुर श्रेष्ठमाथि प्रश्न उठेको थियो ।

न्यायाधीश श्रेष्ठ नेकपा विभाजन सम्बन्धी मुद्दाको फैसलाका क्रममा भएका कारण उनले अहिलेको मुद्दा हेर्न नहुने रिट निवेदकहरुले बताएका थिए । तर सरकारी वकिलहरुले भने मुद्दा फैसलाको आधारमा न्यायाधीशहरुमाथि धारणा बनाउन नहुने स्पष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?